कोरोना भाइरस नियन्त्रण र राहतका प्याकेजका लागि प्रधानमन्त्री ओली र प्रचण्डबिच छलफल

काठमाडौं, २० चैत । कोरोना भाइरस (कोडिभ–१९) को संक्रमण रोक्ने रणनीति र विपन्नलाई राहत दिने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल भएको छ ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोराना नियन्त्रणका लागि नयाँ राणनीति र यसबाछ प्रभावित गरिब, किसान, मजदुर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरुको व्यवस्थापनका विषयमा संवाद भएको वालुवाटार स्रोतले जनाएको छ ।

छलफलमा उहाँहरुबीच कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा प्रयोग गरिने सामग्री खरिदको विषयलाई लिएर भइरहेका टिका टिप्पणीका बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

यस्तै नेपाल र भारत दुवै देशले ’लकडाउन’ गरेपछि सीमा क्षेत्रमा फसेका नेपालीर एवं अन्य देशमा अपलत्रमा परेकालाई उद्धार गर्ने विषयमा पनि छलफल भएको छ ।
कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा प्रयोग गरिने सामग्री खरिदमा भ्रष्टाचार प्रकरणले व्याप्त रुप लिएको छ । यस्तो विषम परिस्थितिमा समेत भ्रष्टाचार तथा अनियमिता हुनु आफै.मा गम्भिर कुरो हो ।

प्रतिक्रिया दिनुहोस्