लकडाउन उल्लंघन गर्ने १०८ जना पक्राउ
काठमाडौैं , चैत १८ । लकडाउन उल्लंघन गरेको आरोपमा काभ्रेबाट प्रहरीले १०८ जना पक्राउ गरेको छ ।
विना काम सडकमा निस्किएपछि उनीरुलाई जिल्लाका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
काभ्रेपालञ्चोकका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार मंगलबार दिउँसोसम्म ४२३ वटा मोटरसाइकल र अन्य सवारी साधन ३२ वटा नियन्त्रणमा परेका छन् ।
नियन्त्रणमा लिइएका व्यक्तिलाई सामाजिक दूरी कायम गरेर सेचतनामूलक कक्षा दिने कार्य भइरहेको पौडेलले बताए । उनका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिलाई साँझ मात्र छाडिनेछ ।
प्रतिक्रिया दिनुहोस्