सलिन्डर बोकेका पुरुषलाई प्रहरीले गरेको ज्यादती बारे छानविन हुँदै

काठमाडौं, १७ चैत । ग्यास सिलिन्डर बोकेका पुरुषलाई एक जना महिला प्रहरीले सडकमै बस्न लगाएको तस्विर सामाजिक सञ्जालमा अहिले एउटा भाइरल भइरहेको छ । उक्त तस्बिरमा लक डाउनका बेला प्रहरीले नागरिकमाथि नसुहाउने खालको व्यवहार गरेको भन्दै अहिले प्रहरीको तीव्र आलोचना भइरहेको छ ।
आलोचना बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले उक्त घटनाको छानबिन सुरू गर्न प्रक्रिया अगाडी बढाएको छ ।

‘यो कहाँको तस्बिर हो र प्रहरीले किन गरेको हो भन्नेबारे खोज्न थालेका छौं, प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । तस्बिर मात्रै देखेका छौं तर छानबिन पछि के आउँछ त्यही अनुसार कारबाही हुने बताए ।

यसअघि पनि सुनसरी खनारको एक भिडिओ सार्वजनिक भएको थियो। उक्त भिडिओमा प्रहरीले साइकल यात्रूलाई लाठीले हानेको थियो । भिडिओ भाइरल बनेसँगै ती दुई प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिएको थियो ।
एसएसपी जोशीले नागरिकमाथि यस्तोखाले व्यवहार नगर्न निर्देशन दिइएको बताए ।

कुनै ठाँउमा भएका घटनाका आधारमा सबै प्रहरीको मूल्यांकन गर्न मिल्दैन । लाठी हान्नु भनेर निर्देशन नदिएको उनले बताए । काही कतै प्रहरीले पनि आफ्नो मर्यदाभन्दा बिढ गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्