कोरोनाभाइरस: सङ्क्रमण पत्ता लगाउन कुकुरलाई तालिम
काठमाडौं, चैत १६ । कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको छ।
मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई तालिम दिइसकेको छ।
विश्वभरि कोभिड(१९ महामारी फैलिएको बेला डरम यूनिभर्सिटी र लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर उक्त संस्थाले कुकुरलाई कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन तालिम दिन लागेको हो।
मेडिकल डिटेक्शन डग्सका प्रमुख क्लेअर गेस्टका अनुसार बिरामीबाट सुरक्षित रूपमा भाइरसको गन्ध पत्ता लगाउने उपायू खोजी हुँदैछ।बिबिसि
प्रतिक्रिया दिनुहोस्