बिरालोलाई पनि बाँकी राखेन कोरोनाले, संक्रमित भएको पुष्टी
काठमाडौं , चैत १६ । मानिसहरूमा भयावह रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विरालोमा पनि देखिएको छ । बेल्जियममा एक घरमा पालिएको बिरालोलाई यो भाइरसको संक्रमण देखिएको अन्तरराष्ट्रिय संचार माध्यमले जनाएका छ । घर मालिकबाट नै विरालोमा संक्रमण भएको हो । उक्त बिरालोमा कोरोना भाइरस सर्ने माध्य मानिस नै रहेको बताइएको छ ।
विरालोका घर मालिक हालै इटालीबाट बेल्जियमबाट फर्किएका थिए । लिग यूनिभर्सिटीको प्रयोगशालामा उक्त बिरालोमा संक्रमित भएको पाइएको हो ।
यस बिषयलाई लिएका विभिन्न क्षेत्रका बिशेषज्ञले मिश्रित प्रतिक्रिया दिएका छन् । केहि बिशेषज्ञले यो घटना अपवाद भएको बताएका छन् । तर, यस बिषयमा जनवारबाट डराउनु पर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ ।
केही जनावर रोग बिशेषज्ञले यसमा प्रश्न पनि उठाएका छन् । यस सम्बन्धी थप परिक्षण गर्नुपर्ने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्