लकडाउन उल्लंघन गर्ने १ सय ५ जना प्रहरीको फन्दामा
काठमाडौं, चैत १५ । सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्ने १ सय ५ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ
चितवनको खैरहनी र रत्ननगर क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर हिडेका १ सय ४ जना पुरुष र एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै प्रहरीले १२ वटा मोटरसाइकल, १ स्कुटर र १२ वटा साइकल समेत नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरुलाई विद्यालयको कक्षा कोठाहरुमा निश्चित दुरी कायम गरी राखिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्