कोरोनाको परिक्षण अब नेपालगञ्ज, पोखरा र धरानमा पनि सुरु गर्ने तयारी

काठमााडौं, १६ चैत । सरकारले कोरोनाभाइरस सङ्क्रमणको परीक्षण आउँदो सातासम्ममा नेपालगञ्ज र पोखरा, धरानमा पनि सुरु गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसा चीनबाट ५० हजारभन्दा बढी कीट ल्याएएकोले नेपालगञ्ज र पोखरामा परीक्षण केन्द्र स्थापनाको निम्ति आवश्यक सामान तत्काल पठाउन सुरु हुनेछ । यसकोृ लागि कम्तिमा एक हप्ता लाग्ने विभागले जनाएको छ ।

विमानले चीनबाट परीक्षण कीटका साथै स्वास्थ्यकर्मीले लगाउने सुरक्षात्मक पोशाक (पीपीई) लगायतका सामग्री लिएर नेपाल एरलाइन्स्को विमान नेपाल आईसकेको छ ।

बिरामी वा सङ्क्रमण भएको शङ्का भएका व्यक्तिबाट सङ्कलित नमुनामा कोरोनाभाइरस परीक्षण गर्न पीसीआर विधि प्रयोग गरिन्छ
चीनबाट आएको कीट नेपालगञ्ज र पोखरामा परीक्षण केन्द्र स्थापनाको निम्ति आवश्यक सामान तत्काल पठाउन सुरु गर्न विभाग यसको लागि तयारीमा जुटेको छ ।

अहिलेमसम्म राजधानी काठमाण्डौंमा मात्र परीक्षण सुविधा उपलब्ध भएकोमा अब यी स्थानहरुमा पनि सूरु गर्न सकिने छ ।

प्रकोप नियन्त्रणका निम्ति व्यापक रूपमा परीक्षण गर्नुपर्नेमा जोड दिइए पनि नेपालमा निकै कम मात्र परीक्षण गरिएकाले सङ्क्रमण कम देखिएको हुनसक्ने भन्दै कतिपय चिकित्सकहरूले आलोचना गर्दै आएका थिए।

अधिकारीहरूले सीमित कीटलाई मध्यनजर गरेरै अहिले कोरोनाभाइरस सङ्क्रमणको लक्षण मिल्दोजुल्दो भएका र उच्च जोखिममा रहेकाहरूको मात्र परीक्षण गरिँदै आएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्