सामुदायिक लघुवित्तको साधारण शेयरको निष्काशन स्थगित

काठमाडौं । नेपालएसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३,००,००,००० रकम बराबर प्रति शेयर रु. १०० अङ्कित दरको ३,००,००० कित्ता साधारण शेयरको निष्काशन २०७४/१०/०९ गते देखि मिति २०७४/१०/१२ (छिटोमा), २०७४/११/०८ (ढिलोमा) शेयर निष्काशन बिक्री खुला गरिने व्यहोरा सहितको सूचना जारी गरिएकोमा नेपाल धितोपत्र बोर्डको मिति २०७४/१०/०२ को पत्र मार्फत विशेष कारणवश निष्काशन कार्य बोर्डको अर्को पत्र प्राप्त नभए सम्मका लागि उक्त प्रारम्भिक सार्वजनिक निष्काशन सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थागन गर्न जानकारी गराए अनुसार पूर्व निर्धारित मितिको निष्काशन तथा बिक्री कार्य अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्