धरानमा कोरोना आशंका गरिएका १६ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं, चैत १५ । कोरोना भाइरसको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना भएका १६ जना बिरामीको र्‍याल परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ ।

प्रतिष्ठानमा यही यहि चैत १ गते भर्ना भएका ३ जना र ११ गते भर्ना भएका १३ जना गरी जम्मा १६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको थियो ।

उनीहरु सबैको नमूना नेगेटिभ देखिएको वीपी प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानले थप तीनवटा नमूना आज परीक्षणका लागि काठमाडौं पठाएको छ ।

फ्रान्सबाट कतार हुँदै जहाजमा नेपाल आएकी कोरोना सक्रमित युवतीसंगै आएका धरान–६ पानवारीका युवाको रीक्षण पनि नेगेटिभ देखिएको छ ।

संक्रमित युवतीसँगै आएका सुनसरीका चार जना मध्ये अन्य तीन जनाको भने परीक्षण भएको छैन । अहिले कोरोनाको आशंकामा प्रदेश एकका विभिन्न जिल्लाका ८ जना प्रतिष्ठानमा भर्ना भइ उपचार गराइरहेका छन ।

प्रतिक्रिया दिनुहोस्