प्रेस काउन्सिलद्वारा ३ वटा वेवसाइट बन्द, केहिलाई स्पष्टिकरण
काठमाडौं, १५ चैत । नेपाल प्रेस काउन्सिलले कोरोना भाइरसबारे विभिन्न खाले भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द, ३ वटालाई आपत्तिजनक सामग्री हटाउ र ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको छ ।
काउन्सिलले समाजलाई नै भ्रमित तुल्याउन सामग्र राखी उथलप’थल बनाएकोले ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ । यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको छ । यस्ता सामग्रीले समाजलाई नकारात्मक असर पारेको भन्दै काउन्सिलले यस्तो कारवाही गरेको हो । कुन कुन अनलाइलाई कारवाही गरिएको भेन जारी विज्ञप्तिमा उल्लेख छैन ।
















प्रतिक्रिया दिनुहोस्