कपिलवस्तुमा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु
काठमाडौं, चैत १४ । कपिलवस्तुमा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका – ८, पूर्व वेलहवामा घर नजिकैको पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा स्थानीय तबरेज धुनियाका छोराहरु १२ वर्षीयसलमान धुनिया र १० वर्षीय अरमान धुनिया रहेका प्रहरीले जनाएको छ । दुवैक शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।
घर नजिकै विद्यालयको किनारमा रहेको पोखरी किनारमा खेल्दै गर्दा उनीहरुको पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
पोखरीको किनारमा लोडरले माटो निकालेकोले गहिरो भएकोले बालकहरु त्यही ठाउँमा डुबेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्