भारतले दिने भयो ८० करोड जनतालाई तीन महिनासम्म सित्तैमा खाना
काठमाडौं, चैत १३ । भारतले कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई राहत दिन १.७ खर्ब भारतीय रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ।
बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री निर्मला सीतारमणले भारतीयहरूको खाद्यान्न र अन्य खर्चमा उक्त रकम खर्च गरिने बताइन्।
उक्त राहत प्याकेजअन्तर्गत ८० करोड जनतालाई तीन महिनाका सित्तैमा खाना दिइने भएको छ।
कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भारतमा बुधबारदेखि २१ दिने लक डाउन लागू गरिएको छ।
लक डाउनका कारण निम्न आय भएका भारतीय मर्कामा पर्ने भन्दै रासन कार्डवालाहरूलाई तीन महिनासम्म सित्तैमा खाद्यान्न उपलब्ध गराउने निर्णय गरिएको हो।
अर्थमन्त्री सीतारमणले तीन महिनासम्म हरेक व्यक्तिलाई पाँच किलो आटारचामल र एक किलो दाल दिने बताइन्। रासन कार्डवालाहरूले यसअघि नै पाँच किलो चामलरआटा सित्तैमा पाउँदै आएका थिए।
सबै गरिब महिलाहरूलाई मासिक एउटा ग्यास सिलिन्डर दिइने उनको भनाइ छ। भारतमा लकडाउनका कारण जनजिवन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्