कोरोनाभाइरस सन्त्रास: प्रतिनिधिसभा बैठक आगामी २३ गते सम्मका लागि स्थगित
काठमाडौं , चैत १२ । कोरोनाभाइरस सन्त्रासपछिको लकडाउनका कारण प्रतिनिधिसभाको बैठक आगामी चैत २३ गते सम्मका लागि स्थगित भएको छ ।
संघीय संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले सूचना निकालेर कोरोना भाइरसको सम्भावित संक्रमणका सरकारले लकडाउन र अत्यावश्यक बाहेकका सेवा बन्द गरेका कारण बैठक सार्नुपरेको बताएका छन् ।
यसअघि यही चैत ७ गतेलाई बोलाइएको बैठक पनि बिहीबार बस्ने गरी स्थगित भएको थियो । यही १६ गतेसम्म देशभर लकडाउन हुनेछ भने, सरकारले २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गराएको छ ।
प्रतिनिधि सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । राष्ट्रियसभाले एक सूचना जारी गरेर बैठक स्थगित भएको घोषणा गरेको हो ।
राष्ट्रियसभाको बैठक भने अनिश्चित कालका लागि स्थगित गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्