कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक, फेरबदल हुन पनि सक्छ
काठमाडौं , चैत ११ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षा केन्द्रहरु सार्वजनिक गरेको छ।
फागुन ३० गते नै तोकिएको परीक्षा केन्द्रहरुको स्वीकृत अहिले दिएको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता दुर्गा प्रसाद अयार्लले बताए।
’७७ वटै जिल्लाका जिल्ला परिषद् समन्वय समितिले यसभन्दा अघि नै परीक्षा केन्द्रहरु तोकी हामीलाई पठाएका थिए’, प्रवक्ता अर्यालले भने, ‘हामीले त्यसैलाई स्वीकृति दिएको हो।’
कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ र कक्षा ११ को परीक्षा बैशाख १८ देखि सञ्चालन हुने गरी तोकेए पनि देशको परिस्थीतिलाई हेरेर समय तालिका हेरफेर पनि हुनसक्ने अर्यालले बताए।
‘चैत मसान्तसम्ममा नै अहिलेको अवस्था सल्टिए तोकीएको समयमा परीक्षा हुन्छ तर अवस्था अर्कै भए फेरबदल हुन पनि सक्छ’, उनले भने।















प्रतिक्रिया दिनुहोस्