स्थानीय सरकारले कहाँ कहाँ लगायो कर्फ्यु र पूर्ण लकडाउन
काठमाण्डौ, १० चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को सम्भावित संक्रमणको जोखिमबाट बच्नको लागि स्थानीय कर्फ्यु र पूर्ण लकडाउन गरेको छ । तर, संघीयस सरकारले कर्फ्यु र पूर्ण लकडाउन सुरु गरेका छैन ।
कञ्चनपुरको एउटा नगरपालिकाले आइतबार नै लकडाउन गरेको थियो । सोमबारदेखि कैलालीमा कर्फ्यु लागेको छ । अर्घाखाँचीले जिल्लालाई लकडाउन गरेको छ । कपिलवस्तु जिल्लामा पनि पसल, उद्योग बन्द गर्न र हिँडडुलमा प्रतिबन्ध लगाइएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले घरबाहिर ननिस्कन टोलटोलमा माइकिङ गरेको छ । काठमाण्डौको बौद्ध क्षेत्रमा पनि घरबाहिर ननिस्कन भन्दै माइकिङ गरिएको छ ।
काभ्रेको धुलिखेल, बनेपा र महाभारतमा लकडाउन गरिएको छ भने पाँचखालमा स्वघोषित कर्फ्यु जारी गरिएको छ । पसल खोल्न, भिडभाड गर्न र गाडी चलाउन रोक लगाइएको छ । राजमार्ग क्षेत्र सङ्घीय सरकार अन्तर्गत पर्ने भएकाले राजमार्गमा गाडी चल्न दिइएको छ तर गाडी रोक्न नपाईने भएको छ । यसबाट सैब सेचत हुने बेला आएको छ ।















प्रतिक्रिया दिनुहोस्