भारतमा ‘लकडाउन’, अब रेल र बस सेवा पनि बन्द

काठमाडौं , चैत ९ ।कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ । यो सँगै भारतले ‘लक डाउन’ पनि गरेको छ ।

यसअघि अन्तर्रा्ष्ट्रिय उडान रोकेको भारतले अब बस रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको हो । भारतीय गृह मन्त्रालयकाअनुसार अन्तर प्रदेश बस सेवा ३१ मार्चसम्म स्थगित गरिएको छ भने आइतबार मध्यरातदेखि मार्च ३१ सम्म यात्रु बाहक रेल सेवा बन्द हुनेछ । भारतीय रेल वे कम्पनीकाअनुसार मालबाहक रेल भने सञ्चालनमा रहनेछन् ।

कोरोना संक्रमणका कारण भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३३२ जना संक्रमित भेटिएका छन् । भारतमा कोरोनाको संक्रमण बढ्दै जान थालेपछि यता नेपालमा पनि त्रास फैलीएको छ ।

प्रतिक्रिया दिनुहोस्