जुनसुकै बैंकबाट आफ्नो खातामा रकम

काठमाडाैं  । अब बैंकमा रकम जम्मा गर्दा आफ्नो खातामा भएका बैंकमा नै धाउनुपर्ने भन्झटबाट निक्षेपकर्ता मुक्त भएका छन् ।

नेपाल राष्ट्र बैंकले ग्राहकलाई पायक पर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खातामा रहेका बैंकमा नगद जम्मा गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै निक्षेपकर्ता यस्तो झन्झटबाट मुक्त भएका हुन् ।

यसबाट बैंकिङ सेवा तथा कारोबार थप सरल तथा सहज बन्ने विश्वास गरिएको छ । ग्राहकले सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंक, ३९ वटा विकास बैंक र २७ वटा वित्त कम्पनीका करिब ३ हजार २ सय ३० वटा शाखाबाट आफ्नो खाता भएका जुनसुकै बैंक तथा वित्तीय संस्थामा रकम राख्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्