भारतबाट नेपाल छिरेका २६ जना भारतीयलाई फिर्ता पठाइयो
काठमाडौं, चैत ९ । भारतबाट नेपाल प्रवेश गरेका २६ जना भारतीय नागरिकलाई फिर्ता पठाइएको छ । नेपालगञ्ज हुँदै दाङको तुलसीपुर तर्फ आएका उनीहरुलाई फिर्ता गरिएको हो ।
कोरोना भाइरसको जाँचका लागि स्थापना गरिएको ‘हेल्थ(डेस्क’ तुलसीपुर १३ दमारगाउँबाट उनीहरूलाई फिर्ता पठाइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।
शनिबार नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको बसमा सवार उनीहरूलाई सोधपुछ गर्दा भारत हुँदै नेपाल आएको खुलेपछि फिर्ता पठाइएको हो ।
उनीहरूले बिजौरीका विभिन्न ईंट्टाभट्टामा काम गर्नका लागि तुलसीपुर आएको बताएका छन् । उनीहरूले आफूहरूको घर नेपालगञ्ज भने पनि स्थायी ठेगाना खुलेको छैन । उनीहरू शनिबार भारतको नानपारादेखि नेपाल आएको खुलेको छ । ‘
कोरोना भाइस रोकथाम तथा उच्च सर्तकताका लागि तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा ‘हेल्थ(डेस्क’ स्थापना गरी जाँच गर्न शुरू गरेको छ। विशेषगरी भारतको नाकासँग जोडिएको जिल्ला भएकाले नेपालगञ्जदेखि तुलसीपुर आउने यात्रुहरूका लागि दमारगाउँ र हवाई यात्रा प्रयोग गर्नेहरूलाई लक्षित गदै टरिगाउँ एयरपोर्टमा ‘हेल्थ(डेस्क’ स्थापना गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्