कोरोनाभाइरसको महामारीः भारतमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि, बिहारमा ’पहिलो व्यक्तिको मृत्यु’

काठमाडौं, चैत ९ । कोरोनाभाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले ’जनता कर्फ्यु’ लगाइएको भारतमा सङ्क्रमितहरूको सङ्ख्या दिनान्ु दिन बढ्दै जान थालेको छ । अहिले भारतमा संक्रमीतको संख्या बढेर ३४१ पुगेको छ। त्यहाँको मेडिकल रिसर्च एशोसियसनले उक्त जानकारी दिएको हो।

जसअनुसार आइतवार मुम्बईमा छजना र पुणेमा चारजना गरी महाराष्ट्र राज्यमा थप १० जना नयाँ सङ्क्रमित फेला परेका हुन्।महाराष्ट्रको स्वास्थ्य विभागका अनुसार त्यहाँ ७४ जनामा सङ्क्रमण भेटिएको छ र एकजनाको मृत्यु भएको छ।आधिकारिक तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म छजनाको मृत्यु भएको छ।

यसैबीच नेपालको सिमाना जोडिएको बिहार राज्यमा दुईजना नयाँ सङ्क्रमित फेला परेको र एकजनाको मृत्यु भएको जनाइएको छ।राजधानी पटनाको एम्स अस्पतालमा ती व्यक्तिको मृत्यु भएको हो। स्थानीय पत्रकार नीरज सहायका अनुसार हालसालै ती व्यक्ति कतारबाट फर्किएको बीबीसी हिन्दीले जनाएको छ। प्छिल्लो समय भारतमा कोरोना बढ्दै जान थालेपछि यता नेपालमा भने त्रास फैलीएको छ ।

प्रतिक्रिया दिनुहोस्