धादिङमा ट्रकले जीपलाई ठक्कर दियो, ८ जना घाइते, केहिको अवस्था चिन्ताजनक
काठमाडौं, चैत ९ । धादिङमा ट्रकले जीपलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् । धादिङको थाक्रे गाउँपालिका–७ जुँगेखोलामा एउटा ट्रकले बोलेरो जिपलाइ ठक्कर दिँदा जिपमा सवार ८ जना घाइते भएका हुन् ।
घाइतेहरुलाई उपचारका लागि काठमाडौँमा रहेको राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये थाक्रे गाउँपालिका–१० की ७५ वर्षीया मैया तामाङको अवस्था गम्भीर छ ।
चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ९५०१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा३च ३१२८ नम्बरको जिपलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट नियन्त्रण गुमाएको बोलेरो जिप सडकबाट करिब १५ मिटर तल खसेको थियो ।ट्रक चालक नियन्त्रणमा लिएको र दुर्घटना पश्चात फरार रहेका जिप चालकको भने खोजी भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्