कोरोनाको उपचार गर्न टेकु अस्पतालले ४४ स्वास्थ्यकर्मी माग गरे
काठमाडौं , चैत ९ । कोरोना भाइरस प्रकोप विश्वव्यापी रुपमा बढ्दै गएपछि भाइरस संक्रमितको उपचार गर्न टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालले ४४ स्वास्थ्यकर्मीको माग गरेको छ । देशकै एक मात्र सरुवा रोग अस्पतालले आइतवार एक सूचना जारी गर्दै करार सेवामा स्वास्थ्यकर्मीको माग गरेको हो ।
अस्पतालले जनशक्तिमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्स लगायतका पदमा स्वास्थ्यकर्मीको माग गरेको छ । काम गर्न इच्छुक व्यक्तिहरुलाई पाँच दिनभित्र आवेदन बुझाउन अस्पतालले आह्वान गरेको छ ।















प्रतिक्रिया दिनुहोस्