मनाङेलाई पक्रन ताकेता, ‘प्रहरीले जुनसुकै बेला समात्न सक्ने’

काठमाडाैं –  जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले मनाङबाट प्रदेशसभामा विजयी दीपक मनाङे (राजीव गुरुङ) लाई पक्राउ गर्न ताकेता गरेको छ ।

उच्च अदालत पाटनबाट भएको फैसलाअनुरूप तीन वर्ष जेल सजाय भुक्तानका लागि इकाइले आइतबार लगत कसेको हो । जिल्ला अदालतको तहसिल अभिलेखमा जेल सजायको लगत दर्ज गरेपछि मात्र अभियुक्तलाई पक्राउका लागि वैधानिक बाटो खुल्छ ।

स्रोतका अनुसार जेल सजायको लगत कसेलगत्तै आइतबारै प्रहरी प्रधान कार्यालय र अपराध अनुसन्धान ब्युरो (सीआईबी) ले मनाङेलाई पक्रन फैसला कार्यान्वयनमा रहेको रेकर्डसहितको सूचना खिचेको छ ।

प्रतिक्रिया दिनुहोस्