कोरोना भित्रिन नदिन लागी पर्दै सरकार, यस लडाइँमा पूर्ण सहयोग गर्ने कांग्रेसको प्रतिबद्धता

काठाण्डा, चैत ८ । यति बेला विश्व नै कोरोनाविरुद्ध लडीरहेको छ । विभिन्न देश यस भाइरसबाट आतंकीत भएको छ । कोरोनाको कारण अहिले सम्म ज्यान गुमाउनेको संख्या ११ हजार नाघी सकेको छ ।चीनपछि युरोपको इटालीमा सबैभन्दा बढी ४ हजार ३२ जनाको ज्यान गइसेकेको छ ।

यता नेपालमा भने अहिले सम्म यसको संक्रमण नभेटिएको अस्पतालले बताइरहेका छन् । संक्रमण फैलन नदिन सरकारले विभन्न निर्णय समेत गरेको छ । त्यसै अनुसार नेपाल सरकार अगाडि बढिरहेको छ । सरकारले यस्ता कडा कदम लिरहँदा यता नेपाली कांग्रेसले पनि कोरोना भाइरस (कोभिड(१९) विरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कांग्रेसले कोरोना भाइरसविरुद्ध सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने प्रतिबद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना विरुद्धको लडाइँका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्ने बताए । शर्माले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणका कामहरु समेत पार्टीले तत्कालका लागि स्थगित गरेको बताए ।

सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र १० गतेबाट लामो दूरीका यातायातका साधन बन्द गर्ने निर्णय गरिसकेको छ ।

त्यसैगरी चैत ९ देखि १८ गतेसम्म सम्पूर्ण अन्तर्रा्ष्ट्रिय हवाई सेवा समेत बन्द गर्ने निर्णय पनि गरिएको छ । नेपालमा यसको संक्रमण फैलीन नदिन सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने हुन्छ तर सहयोग भन्दा पनि पछिल्लो समय सामाजिक सञ्जालमा अफाह भ्रम फैलाएको छ ।यसमा सरकारले ध्यान दिन जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्