कोरोना प्रभाव : हवाइ भाडादर ह्वात्तै बढ्यो

काठमाडौं , चैत ८ । कोरोना त्रासबाट मुलुक गुज्रिरहेको समयमा विमान कम्पनीहरुले आन्तरिकतर्फको भाडादर ह्वात्तै बढाएका छन् । विमान कम्पनीहरुले विपदको समयमा भाडादर दोब्बरसम्म बृद्धि गरेका हुन् ।

लामो दुरीका बस चल्न नदिने निर्णय गरेपछि सर्वसाधारणले हवाइ यात्रा गर्नुपर्ने बाध्यता छ । काठमाडौं धनगढीको औसत भाडादर छ हजार रुपैया भएपनि अहिले १२ हजार रुपैया पुगेको छ ।सो मूल्यमा पनि टिकट नपाएको गुनासो यात्रुहरुको छ ।

मुलुकका अन्य शहरमा हुने उडानमा पनि सोही दरमा भाडा बढाइएको यात्रुहरुले बताएका छन् । यसैबीच लामो दुरीमा चल्ने यातायातहरुले पनि भाडा बढाएको यात्रुहरुले गुनासो गरेका छन् । कोरोनाको त्रासले यति बेला काठमाडौं छोड्ने क्रम बढेको छ । तिन दिन मा मात्रै पाँच लाख मानिस बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्