कैलालीमा कोरोनाको आशंकामा तीनजना अस्पताल भर्ना

काठमाडौं, चैत ८ । कैलालीमा कोरोनाको आशंकामा तीनजनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले जानकारी दिए ।

तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको उनले बताए । उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्