रुपन्देहीका व्यवसायी पौडेलको हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ

काठमाडौं । रुपन्देहीका एमाले कार्यकर्ता तथा व्यवसायी बसन्त पौडेल को हत्यामा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नवलपरासी सुनवलनगरपालिका वडा नम्बर ७ अस्नैयाका वर्ष ३६ का पदमचौधरी र सुनसरी डुमराह ५ का ३६ वर्षकै महेन्द्र भन्ने हरिनारायण चौधरी रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले लु ४ प १४ नम्बरको मोटरसाईकल, इटलियन पेस्तोल एक थान, कटुवा पेस्तोल २ थान, पेस्तोलमालाग्ने गोली ९ थान, कटुवा पेस्तोलमालाग्ने गोली ५ थान, घटनास्थलबाट फेला परेको बुलेट १ थान र नगद ९९ हजार बरामद गरेको छ ।

केन्द्रीय अनुसन्धानब्यूरो सीआइबी, संघीय प्रहरी ईकाइकार्यालय भैरहवा, जिल्लाप्रहरी कार्यालय रुपन्देही र इलाकाप्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको रुपन्देहीकाप्रहरी प्रमुखश्याम ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीले मुख्ययोजनाकार मनोज पुनलाई पक्राउगर्न प्रहरीले अनुसन्धान तीब्र बनाएको बताए ।

गएको पुस २१ गते बिहान रुपन्देहीको देबदह खैरेनीका पौडेल लाई देवदहकै ढेकारमा रहेको आफनै फर्निचर उद्योगमा बसिरहेको बेला गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्