कोरोना त्रासः काठमाडौँका १६ वटा साप्ताहिक पत्रिका पत्रिका बन्द
काठमाडौँ , चैत ७ । कोरोना संक्रमणको आशंकामा काठमाडौँबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाहरु बन्द हुने भएका छन्।संक्रमणको आशंकामा नियमित काम गर्ने वातावरण नभएको भन्दै १६ वटा साप्ताहिक पत्रिकाका सम्पादहरुले प्रेस काउन्सिललाई पत्र लेखेर बन्द गर्ने जानकारी गराएका हुन्।
सम्पादकहरुले भूकम्प र नाकाबन्दीका बेलामा जस्तै साप्ताहिक पत्रपत्रिकाले पाइआएको सुविधा यथावत राख्न माग गरेका छन्।कोरोना भाइरस संक्रमणको त्रासको असामान्य अवस्थामा नेपालका दुई दर्जन भन्दा बढी साप्ताहिक पत्रिका बन्द हुने भएका छन् ।
पत्रिकाका सम्पादकले सामूहिक सूचना निकालेर कोरोना भाइरस त्रासका कारण उत्पन्न परिस्थितिका कारण पत्रिका बन्द गरेको जानकारी गराएका छन् ।यसरी बन्द हुने पत्रिकामा जनआस्था, दृष्टि, देशान्तर साँघु, बुधबार, तरुण, हाँक, घटना र विचार, जनआह्वान, तामाकोशी, राष्ट्रवाणी, समयवद्ध, मधेशवाणी, जनधारणा, पिपुल्स रिभ्यू, नेपालीपत्रलगायत रहेका छन् ।
यी पत्रिकाका सम्पादकले प्रेस काउन्सिल नेपाललाई पत्र लेखी नियमित प्रकाशन कठिन भएकाले राहतस्वरुप विशेष निर्णय लिइदिन आग्रह गरेका छन् । उनीहरुले प्रकाशन बन्द रहेका पत्रपत्रिकालाई बर्गीकरणमा सामेल गराउन भूकम्प र नाकाबन्दीमा जस्तै विशेष निर्णय गरिदिन काउन्सिललाई आग्रह गरेका छन् ।
















प्रतिक्रिया दिनुहोस्