धेरै घुस्याहा कर्मचारी कहाँ ? एक नम्बर काठमाडौं, दोस्रो बाँके…….

काठमाडौं। काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका सरकारी कर्मचारी बढी घुस्याहा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूचीमा राखिएको छ ।

अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु काठमाडौं जिल्लामा छन् ।

काठमाडौं बाहेक प्रदेश नम्बर ५ को व्यापारिक केन्द्र बाँके जिल्लामा घुस्याहा कर्मचारी ज्यादा रहेको अख्तियारले जनाएको छ ।

उपत्यकाबाट घुससहित रंगेहात धेरै कर्मचारी पक्राउ गरिएको थियो ।

आयोगको तथ्याकं अनुसार काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई रंगेहात पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्