सेञ्चुरी बैंकका सीईओ अनुजमणि तिमिल्सिना द्वारा राजीनामा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणि तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन् । बैंकका सञ्चालक एवम् मातहतका कर्मचारीहरूसँग मतभिन्नता भएपछि तिमिल्सिनाले राजीनामा दिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा बैंकले राखेको लक्ष्य पूरा गर्ने, खराब कर्जा घटाउनेलगायतका विषयमा बैंक सञ्चालक एवम् मातहतका कर्मचारीसँग तिमिल्सिनाको मतभिन्नता रहेको बताइएको छ । राजीनामा लिएर बैंक सञ्चालक समितिले थप कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्