कोरोनाका कारण १५ दिन देशभरका अदालतमा मुद्दा सुनुवाइ नहुने
काठमाडौं, चैत ७ । कोरोनाका कारण १५ दिन देशभरका अदालतमा मुद्दा सुनुवाइ नहुने भएको छ । १५ दिनसम्म देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दामा सुनुवाइ नहुने भएको हो ।
प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्चका सबै न्यायाधीशको शुक्रवार बसेको (फूलकोर्ट) बैठकले यस्तो निर्णय गरेको हो ।यसलाई सर्वोच्चले औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन ।कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिइरहेका बेला अदालतमा भीडभाड कम गर्न यस्तो निर्णय गरिएको हो ।
चीनको हुपेई प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरस १८० देशमा फैलिसकेको छ ।तर, यसको मुख्य प्रभाव भने चीन, इटाली, इरान र स्पेनमा देखिएको छ ।
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले यूरोपलाई कोरोना भाइरसको ‘इपीसेन्टर’ घोषणा गरेको छ । यूरोपको इटाली कोरोनाको उच्च संक्रमणमा देखिएको छ । इटालीमा चीन भन्दा बढी मृतक संख्या देखिएको छ ।















प्रतिक्रिया दिनुहोस्