प्रहरीले भन्यो- कोलोबजारी गर्नेलाई तत्काल कारवाही गरिन्छ

काठमाडौं, चैत ६ । पछिल्लो समय कोरोना भाइरसको संक्रमणका कारण नेपालमा कालोबजारी बढेको छ । खाद्यान्न , माक्स तथा अन्य वस्तुमना कालो बजारी बढेको छ । यसै क्रममा नेपाल प्रहरीले कोरोना भाइरसको नाममा कोलोबजारी गर्नेलाई तत्काल कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयमा भएको छलफलपछि गर्दै यस्तो निर्देशन दिएको हो । प्रमुख आयुक्त विश्वराज पोखरेलले कोरोनाको नाममा मौलाएको कालोबजारी नियन्त्रण गर्न प्रहरीले सहयोग गर्ने बताएका छन् ।

उनले दैनिक उपभोग्य सामग्री लुकाएर कृतिम अभाव बनाउने व्यापारीमाथि कारवाही गर्ने उल्लेख गरे ।
कोरोना भाइरस संक्रमणको रोकथामका लागि आफू सुरक्षित रहेर आम नागरिकको सेवामा बढ्ने रणनीतिसमेत तय गरिएको उनले जनाकारी दिए ।

कोरोनाको कारण देखाउँदै विभन्न व्यपारीले दैनिक उपभोग्य सामग्री लुकाएर कृतिम अभाव बनाउने रणनीतीमा लागेका छन् । यस्ता व्यापारीलाई तह लगाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्