उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

काठमाडौं , चैत ६ । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव पनि स्थगित भएको छ । विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणलाई मध्येनजगर गर्दै निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित भएको हो ।

सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको जनाएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जेठ ७ र ८ गतेलाई महाधिवेशन सारिएको जानकारी दिए । उनले सरकारले कोरोना भाइरसबाट जोगिन २५ जनाभन्दा बढी भेला हुन नपाइने भनेकाले चुनाव स्थगित गरिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्