भारतबाट फर्कनेको सीमा नाकामा लर्को, वनबासाबाट एकैदिन भित्रिए तीनहजार बढी

काठमाडौं, चैत ६ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १७३ देशमा पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ । चीनपछि दोस्रो धेरै प्रभावित बनेको मुलुक इटाली हो । इटालीमा ३५ हजार ७ सय १३ जनामा संक्रमण देखिएको छ ।

उता भारतमा पनि कोरोनाको संक्रमणले तिन जनाको ज्यान गइसकेको द्ध भने कयौंमा संक्रमण देखिएको छ । कोरोनाको डरले यति बेला बाहिर रहेका नेपाली धमाधम नेपमल आउन थालेका छन् । भारतबाट एकैदिन पश्चिमी सीमा नाका गड्डाचौकीको वनवासाकाट ३ हजार बढि भित्रिएका छन् । यति बेला भारतबाट फर्कनेहरूको लर्को लाग्न थालेको छ।

भारतमा कोरोनाको संक्रमण फैलिएपछि मजदुरीका लागि भारत गएकाहरू डरका कारण नेपाल फर्कन थालेका हुन्। गड्डाचौकी नाका भएर दैनिक तीनदेखि पाँच हजारको संख्यामा भारतबाट मानिसहरू नेपालतर्फ आइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। बुधबार मात्रै सीमा नाका भएर ३,१०१ जना भारतबाट नेपाल फर्केका छन। बिहीबार विहान मात्रै छ सय जना भारतबाट नेपाल आएका छन।

३६ हजारको स्वास्थ्य जाँच

’हेल्थ डेस्क’मा हालसम्म ३६ हजारको स्वास्थ्य जाँच गरिएको छ। भारतबाट फर्कनेहरु सबैको सीमा नाका रहेको ’हेल्थ डेस्क’मा थर्मल स्क्यानरको सहायताले चेकजाँच भैरहेको छ। भारतबाट फर्कनेहरूलाई चेकजाँचपछि मात्रै नेपाल छिर्न दिने गरिएको छ। हालसम्म सीमा नाका भएर फर्केका कसैमा पनि कोरोनाका लक्षण भने देखा परेको छैन। भारतबाट नेपाल आउनेको संख्या बढिरहँदा भारततर्फ पनि मानिसहरू फाट्टफुट्ट गइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्