सुलिकोटको विकासका लागि काठमाडौमा अन्तरक्रिया

काठमाडौं । सुलिकोट गाउॅपालीकाको आयोजनामा सुलिकोटबाट काठमाडौं उपत्यकामा आई बसोबास गर्नुहने बिभिन्न क्षेत्रको बिज्ञहरुसॅग गाउॅपालीको बिकास र चुनौती सम्बन्धी बिषयमा अन्तरक्रिया सम्पन्न भएकोछ।
गाउॅपालीको अध्यक्ष बिष्णु भट्टको अध्यक्षता कार्यक्रममा बिभिन्न क्षेत्रमा बिज्ञता हासिल गरेका बिज्ञहरुले क्षेत्रगतहरुमा आ–आफ्नो बिचार र कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
आईतबार काठमाडौमा भएको उक्त कार्यक्रममा गोरखाको जिल्ला शिक्षा अधिकारी तथा सुलिकोटबासी दिपेन्द्र सुवेदी, उर्जाविद् बिर बहादुर घले, बिकल श्रेष्ठ, अधिवक्ताहरु कृष्ण प्रसाद पनेरु र केदार ढकाल, कृषीविद् डा कृष्ण देवकोटा, शिक्षाविद्हरु भिमप्रसाद पोख्रेल, चुडा प्रसाद बस्ताकोटी, उषा लामिछाने, होमनाथ अंगाई पर्यटन ब्यबसायी उद्योगी दिपक बस्ताकोटी, हरि प्रसाद भट्ट, विर बहादु घले , भवन बिभागको ईन्जिनियर दिपक श्रेष्ठ ,राजन बाबु श्रेष्ठ सागर भट्ट, भुवन श्रेष्ठ, पुष्प ढकाल, बाबुराम भट्ट, भरत ढकाल, मोहन ढकाल लगायतले आआफ्नो बिषयत रुपमा धारणा राख्नु भएको थियो।
गाउॅपालीकाको बिभिन्न पक्षमा सहजिकरण गर्न बिषयगत रुपमा सहयोग समितिहरु निमार्णको प्रक्रिया यहि कार्यक्रमबाट सुरु समेत भएकोछ।
उपस्थित सम्पूर्ण ब्यक्तित्वहरुमा गाउॅपालीका अध्यक्ष बिष्णु भट्टबिशेष आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्