फेन्सी व्यवसायी संघ नेपालको ५औं साधारण सभा माघ २० मा

काठमाडौं । फेन्सी व्यवसायी संघ नेपालको ५औं साधारण सभा यहि माघ २० गते हुने भएको छ ।

संघको यहि पौष २९ गते बसेको कार्यसमितिको बैठकले माघ २० गते वनभोज कार्यक्रम सहित ललितपुरको गोदावरीमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । संघको आगामी निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने संघका अध्यक्ष गोबिन्द कार्कीले जानकारी दिए ।

उक्त सभामा संघका सचिवले प्रस्तुत गरेको वार्षिक प्रगती प्रतिवेदन पारित, कोषाध्यक्षको वार्षिक आय/व्ययको प्रतिवेदन पारित, लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण, अध्यक्षले सभामा उठेका प्रश्नहरुको जवाफ दिने, निर्वाचन मार्फत नयाँ कार्य समितिको चयन लगायत कार्यक्रम रहेको अध्यक्ष कार्कीले बताए ।  संघमा ११ सदस्यीय कार्यसमिति रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्