ट्रकभित्रै किशोरीको बलात्कार, आरोपमा थानकोटबाट तीनजना पक्राउ

काठमाडौं, चैत ५ । किशोरी बलात्कारको आरोपमा ३ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटले उनीहरुलाई पक्रउा गरेको हो । पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्तीमगर, सिन्धुली सुनकोसी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का रहेको प्रहरलिे जनाएको छ ।

चन्द्रागिरि–१५, तीनथानामा रोकिराखेको ना.३ .ख ६९४ नम्बरको ट्रकभित्र सोमबार १७ वर्षीया किशोरी बलात्कृत भएकी थानकोट प्रहरी वृत्तका प्रमुख डिएसपी घनश्याम क्षेष्ठले बताए ।

काठमाडौंबाट धादिङतर्फ जाँदै गरेकी ती किशोरीलाई युवाहरूले जबर्जस्ती ट्रकभित्र लगेर बलात्कार गरेका हुन् । पीडित किशोरीले थानकोट प्रहरीमा दिएको उजुरीका आधारमा उनीहरू पक्राउ गरेको प्रहरलिे जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । पछिल्लो समय किशोरीहरु बलात्कारको शिका हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्