कोरोना कहर : अमेरिकामा रहेका नेपालीमा त्रास, व्यवसाय ठप्प

काठमाडौं, चेत ५ । चीनबाट सुरु भएको कोरोनाको प्रभाव अहिले विश्वभर परिरहेको छ । चीनबाट सुरु भएपनि त्यहाा अहिलेभने विस्तारै कम हुँदै गएको छ अन्य मुलुकमा भने बढ्दै गएको छ । विश्वको सर्वा्धिक शक्तिशाली देश अमेरिकामा पनि कोरोना (कोभिड १९) को संक्रमणसँगै आम मानिसमा यसको संन्त्रास मात्र होईन एक सयको हाराहारीमा मृत्यु भएको छ भने ६ हजार बढी प्रभावित देखिएका छन्।

सरकारले संकटकाल लगाएको छ भने एयरलायन्स व्यवसाय, ट्रभाल टुरिजम व्यवसाय ठप्प भएका छन। यो भयावह रुपमा अझै बढ्दै गएको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशवासीका नाममा संवोधन गर्दै देशभर राष्ट्रिय आपतकाल लागू गरेको घोषणा गरी विभिन्न सौलियत कार्यक्रमहरु घोषणा गरिएको छ। मानिसहरु दैनिक अत्यावश्यकीय खाद्यान्न तथा स्यानिटाइजर, सावुन, मास्क र ट्वाइलेटपेपरको खोजीमा यताउति भौँतारिरहेका छन्।

विश्वभर फैलिरहेको कोरोना भाईरसको असर यता अमेरिकामा पनि परेको छ । अमेरिकामा कयौं नेपाली बस्ने गर्दछन् त्यहाँ बस्ने नेपालीहरुमा पनि यसको पर्न थालेको छ। हालसम्म अमेरिकास्थित दूतावास र गैरआवासीय नपाली संघका अनुसार हालसम्म कोहो पनि नेपाली संक्रमित भएका छैनन्। अमेरिकास्थित नेपाली दूतावासले भाईरस संक्रमणबाट बच्ने उपायका बारेमा विज्ञ डाक्टरहरुसंग सम्पर्क गर्न भनी सूचना दिई रहेको राजदूत डा अर्जुन कार्कीले बताए ।

गैरआवासीय नेपाली संघले विश्वभर प्रभावित नेपालीहरुको अवस्था बुझ्न आईसिसिस्तरमा अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति गठन नै गरेर सर्तक रहेको सचिव गौरी जोशीले बताए।
आईसिसि सचिव जोशीका अनुसार कोरोनाले माहामारीको रुप लिएपछि त्यसबाट बच्नका लागि सूचनामुलक सन्देशहरु प्रवाहगरी सबै एनसिसिहरुलाई आवश्यक समन्वय गरी रहेको बताए।

उता गैरआवासीय नेपाली संघले पनि विविध सूचनामुलक कार्यक्रमहरु गर्दै आजदेखि हेल्पलाईन स्थापना गर्ने तयारी गरेको संघका अध्यक्ष सुनिल शाहले बताए। भाईरसको संक्रमणबाट बच्ने उपायका बारेमा सुसुचित गर्ने क्रमम विभिन्न राज्यहरुमा सूचनामुलक कार्यक्रम र विज्ञहरुसंग अन्र्त्क्रियात्मक कार्यक्रमहरु गरी रहेका छौं र अवश्यक परेको बेला सहयोग होस भन्ने हेतुले २४ सै घण्टा हटलाईन सन्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष शाहले बताए।

उता टेक्सासस्थित नेपाली समाजले घरायसी समाग्रीहरुको बजार अभाव भएपछि केहि होलसेल पसलहरुलाई सम्पर्क गरी अभाव हुन नदिने प्रयास गरी रहेको छ। समाजका अध्यक्ष सुमन थापाले दिएको जानकारी अनुसार टेक्सासस्थित रेन्जर होलसेलसंग समन्वय गरी बजारमा अभाव देखिएका सामाग्रीहरुको व्यवस्थापन गरी रहेको बताए। बजारमा अभाव देखिका सेनिटायजर, टिस्यू, टावेल पेपर, खाद्यान्नहरुको जोहो गर्न नेपाली समाज टेक्सासले शुरु गरेको सेवाबाट धेरै नेपाली ल्ँँभान्वीत भएका छन्।

रेष्टुरेष्ट व्यवसाय ठप्प हुादा व्यवसायी मारमा

अमेरिकामा रहेका नेपाली व्यवसायीहरु खास गरी रेष्टेरेन्टहरु मारमा परेका छन्। बढी प्रभावित भएका सियाटल, न्यूयोर्क, क्यालिफोनिया, टेक्सासलगायत धेरै नेपाली रहेको राज्यहरुमा नेपाली व्यवसायीहरु मारमा परेका छन्। टेक्सासमा दुई ठूला रेष्टुरेन्ट सन्चालन गरी रहेका नारायण पुरीका अनुसार दुवै रेष्टुरेष्टमा व्यवसाय लगभग ठप्प छन्।

संचालक पुरीका अनुसार राज्य सरकारले रेष्टुरेन्ट संचालनमा कडाई गरेपछि यतिखेर रेष्टुरेन्टमा बसेर खानेको संख्या लगभग शून्यमा झरेको छ भने घरमा खाना अभाव भएका नेपालीहरुले फोन गरेर अर्डर गरेको खण्डमा बनाएर उपलब्ध गराएको बताए।

व्यवसाय शून्यमा झरेपछि कर्मचारी कटौति गरेर कर्मचारीलाई घर बिदामा पठाइएको अवस्था छ। त्यस्ता रेष्टुरेन्टहरुमा मासुजन्य परिकार पाकाउन कम भएको छ भने प्लाष्टिकका प्लेट प्रयोगमा ल्याइएको छ।

अमेरिकामा रहेका व्यवसायीमध्ये ९० प्रतिशत रेष्टुरेन्ट व्यवसायी रहेको अपुष्ट तथ्यांक रहेकोले नेपाली व्यवसायी निकै प्रभावित बनेका छन।

प्रतिक्रिया दिनुहोस्