काठमाडौंबाट १० लाख मास्कसहित एकजना पक्राउ
काठमाडौं , चैत ५ । प्रहरीले काठमाडौंको सानो भर्याङबाट १० लाख मास्कसहित एकजनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले युवराज न्यौपानेले सञ्चालन गरेको दीप ओभरसिज् ट्रेर्डसबाट उक्त परिमाणमा मास्क बरामद गरेको हो ।
पछिल्लो समय प्रहरीले मास्क कालोबजारीविरुद्धको अपरेसन सञ्चालन गर्दै आएको छ ।
यसअघि पनि प्रहरीले काठमाडौंबाट करिब १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो ।















प्रतिक्रिया दिनुहोस्