शिक्षक लाइसेन्सको मावि भन्दा निमाविको नतिजा खस्कियो, यस्तो छ कारण…

काठमाडौं, ५ चैत । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को निम्न माध्यमिक तहको अनिवार्य तीन विषयको नतिजा सार्वजनिक गरिसकेको छ । तर नतिजा भने, माध्यामिक तहको भन्दा निम्न माध्यामिक तहको झन खस्किँदै गएको छ । आयोगले आइतबार, सोमबार र मंगलबार क्रमस अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार विज्ञान विषयको परीक्षामा सहभागी ३ हजार ३ सय ६७ परीक्षार्थी मध्ये २८९ जना मात्रै उत्तीर्ण भएका छन् ।

यस्तै ८७ जनाको वस्तुगत परीक्षा रद्द भएको छ । १ जनाको भने परीक्षा मर्यादा विपरित कार्य गरेकाले परीक्षा रद्द भएको छ । यो नतिजा हेर्दा झण्डै ८.५८ प्रतिशत उम्मेदवार मात्रै निम्न माध्यामिक तहको विज्ञान विषयको नतिजामा उत्तीर्ण हुन् सफल भएका छन् । यस्तै सोमबार आयोगले अनिवार्य गणित विषयको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागि ७ हजार ७ सय ७५ जना मध्ये ६ सय ९१ जना मात्रै उत्तीर्ण भएका छन् ।

यस्तै दुई सय ७४ जनाको कि उल्लेख नगरिएको भन्दै परीक्षा रद्द गरिएको छ । यो विषयको नतिजा हेर्दा ८.८८ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । यसैगरी मंगलबार सार्वजनिक भएको अंग्रेजी विषयमा जम्मा १९ हजार ८ सय ९ जना परीक्षामा सहभागि भएकोमा जम्मा ९ सय ५३ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै, ६ सय ७३ जनाले कि उल्लेख नगरेकाले उत्तरपुस्तिका रद्द गरिएको छ । परिक्षामा अमर्यादित कार्य गरेको भन्दै ६ जनाको परिक्षा रद्द गरिएको छ । समग्रमा यि तीन विषयमा जम्मा ३० हजार ९ सय ५१ जना परीक्षामा सहभागि भएकोमा जम्मा १९ सय ३३ जना मात्रै उत्तीर्ण भएका छन् । यो नतिजा हेर्दा झण्डै ६.२४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । यो नतिजा माध्यामिक तहको नतिजा भन्दा धेरै न्युन संख्यामा उत्तीर्ण भएको संख्या हो ।

लाइसेन्सको सबै तहको नतिजा आउन अझै समय लाग्ने आयोगको भनाइ छ । तर हालसम्मको नतिजाअनुसार परिक्षार्थीको अवस्था कमजोर रहेको हो या सम्बसन्धित क्षेत्रको कमजोरी हो त्यो सबै विषय र तहको नतिजा आइसकेपछि समिक्षाको विषय बन्ने नै छ । तर, समग्रमा हालसम्म नतिजा प्रकाशन भएका विषयको अवस्था हेर्दा यो पटक भने, माध्यामिक तहको भन्दा निम्न माध्यामिक तहको नतिजाको प्रतिशत खस्किदै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्