कोरोनाको प्रभाव: नेपाल एयरलाइन्सको मलेसिया उडान स्थगित
काठमाडौं, चैत ४ । नेपाल वायुसेवा निगमले बुधबारदेखि मलेसिया उडान स्थगित गर्ने भएको छ।मलेसिया सरकारले बुधबारदेखि विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै निगमले उडान स्थगन गर्ने भएको हो।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मलेसिया सरकारले मार्च १८ देखि ३१ मार्चसम्म विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ।
विदेशीलाई प्रवेशमा प्रतिबन्द लगाएसँगै मलेसिया सरकारले आफ्ना नागरिकलाई समेत अन्य देशमा नजान आग्रह गरेको छ। कोरोना भाइरसका कारण मलेसियाले शैक्षिक संस्था तथा सरकारी निकायहरूसमेत बन्द गर्ने तयारी गरेको छ।
निगमका अपरेसन विभागका प्रमुख दिपु जुहर्चनका अनुसार काठमाडौं–मलेसिया दैनिक एक उडान हुँदै आएको थियो।
यस अघि निगमले कतारको दोहामा उडान स्थगन गरेको थियो। त्यस्तै, दुई उडान हुँदै आएको भारतको नयाँ दिल्लीमा आईतबारदेखि एक उडान मात्रै गरिरहेको छ।















प्रतिक्रिया दिनुहोस्