विदेशमा रहेका ११ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि, ६९ जना क्वारेन्टाइनमा

काठमाडौं, चैत ४ । विश्वका विभिन्न मुलुकमा पुगेका ११ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ।यो समाचार तयार पार्दासम्म रोजगारी तथा अध्ययनको सिलसिलामा विश्वका विभिन्न मुलुक पुगेका ११ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ।योसँगै कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ।

कोरोना संक्रमित हुनेमा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका ६ जना, कतारमा २ जना, युएईमा २ जना, अध्ययनको सिलसिलामा अस्टे«लिया पुगेका १ जना र चीनको वुहानबाट नेपाल फर्किएका १ जना गरी १२ जना छन्। उनीहरु सबैको परिचय गोप्य राखिएको छ।

चीनबाट फर्किएका कोरोना संक्रमित युवा भने उपचारपछि सञ्चो भएर घर फर्किसकेका छन्। बाँकी संक्रमितहरुको अवस्था स्थिर रहेको जनाइएको छ।

कतारमा दुई हजार र पोर्चुगलमा ६९ नेपाली क्वारेन्टाइनमा

रोजगारीको प्रमुख गन्तव्य मुलुक कतारमा २ हजार नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। पोर्चुगलमा भने ६९ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ। पोर्चुगलस्थित फारो क्षेत्रमा कृषि काम गर्ने १ नेपालीलाई सोमबार कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै कार्यरत अन्य ७४ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। तीमध्ये ५ जनामा कोरोना संक्रमण भएपछि हाल क्वारेन्टाइनमा ६९ नेपाली रहेका छन्।

प्रतिक्रिया दिनुहोस्