कोरोनाको आशंका गरिएका सिरहाका ९ बिरामीमा संक्रमण नभएको पुष्टि

काठमाडौं, चैत ४ । कोरोनाको आशंका गरिएका सिरहाका ९ बिरामीमा संक्रमण नएको पुष्टि भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंकामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ ।

केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस संक्रमण हुनसक्ने आशंकामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो ।

पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए ।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना संक्रमणको आशंका लागेर थप उपचारको लागि वडाध्यक्ष जुगत कामतीलगायत स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो ।

चीनबाट फैलीएको कोरोनाको संक्रमण नेपालमा भने अहिले सम्म भेटिएको छैन तर शंकामा भने अस्पताल लगेर परिक्षण गर्ने कार्य भने भइरहेको सकारले बताएको छ । उनीहरुमा कोरोना नभएर सामान्य रुघाखोकी मात्रै भएको पुष्टि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्