‘घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने
काठमााडौं, ३ फागनु । नेपाली सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गर्दै आएको ‘घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरेको छ ।
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनाले सोमबार एक विज्ञप्ति जारी गर्दै हाल विश्वमा फैलिरहेको कोरोना भाईरस (कोभिड –१९) का कारण चैत्र ११ गते पर्ने यस वर्षको घोडेजात्रा समारोह नेपाली सेनाले स्थगित गरेको हो ।
विश्वका विभिन्न राष्ट्रहरुमा फैलिरहेको कोरोना भाईरसको कारण नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरेसँगै उक्त भाईरसको जोखिमलाई मध्ये नजर गरि यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट तथा अन्य पाहुनाहरुलाई सहभागी नगराउने निर्णय गरिएको हो ।
तर सेनाले उक्त समारोहको अवलोकनको लागि विभिन्न टेलिभिजनहरुमार्फत प्रत्यक्ष प्रसारण गर्न मिलाएको छ । नेपाल सरकारको निर्णय बमोजिम कोरोना भाईरस ९कोभिड(ज्ञढ० को उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरुको अवलम्बन गर्न नेपाली सेना प्रतिवद्ध समेत व्यक्त गरेको छ ।
परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने निर्णय गरेको छ ।
















प्रतिक्रिया दिनुहोस्