यूएईमा कारोना भाइरस संक्रमीत २ नेपालीको अवस्था सामान्य, नेपाल फर्काउन छलफल
काठमाडौं, ३ चैत । यूएईमा कारोना भाइरसको संक्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको छ । यूएई स्थित नेपाली राजदूतावासले अनुसार उनीहरुको अवस्था सामान्य रहे पनि तिनलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे दूतावासले छलफल गरिएको छ ।
दूतावासले ती कोरोना संक्रमित नेपालीको अवस्थाबारे त्यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको छ ।
। तर, यूएईले आफ्ना देशमा कोरोना देखिएकालाई स्वदेश फर्काउन अहिलेसम्म अनुमति दिएको छैन । उसले यसबारे विभिन्न देशका प्रतिनिधिसँग छलफल गरिराखेको छ ।
दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले यूएई सरकारको कदमपछि नेपाल फर्काएर उपचार गर्ने वा यहीँ राख्ने भन्नेबारे निर्णय लिइने जानकारी दिए ।
यूएईमा कार्यरत २ नेपालीमा केही दिनअघि कोरोनाको संक्रमण फेला परेको थियो । उनीहरूको परिचय दूतावासले गोप्य राखेको छ ।
नेपालीको मुख्य रोजगार गन्तव्य मानिन्छ, यूएई । हालसम्म त्यहाँका ९८ मानिसमा संक्रमण देखिएको छ । यो संक्रमणबाट मृत्यु भने भएको छैन । यद्यपि, त्यहाँ कार्यरत नेपालीमा त्रास छाएको छ । संक्रमण हुने र रोजगारी गुम्नसक्ने चिन्ता उनीहरुलाई छ । बल्लतल्ल ऋण गरेर गएका नेपालीको कामदार खाली हात त्यो पनि कोरोनाको संक्रमीत भइ फर्कनु पर्ने हो की भनने चिन्तामा उनीहरु छन् ।











प्रतिक्रिया दिनुहोस्