बालकोट बैठकले यस्तो गर्‍यो ३ बुदे निर्णय

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले ३ बुदे निर्णय गरेको छ ।

पार्टी एकता संयोजन समितिको बैठकले  (१) प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट अनुमोदन। (२) साझा चुनावी घोषणा पत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डाको कार्यान्वयनका लागि गृहकार्य गर्न नयाँ कार्यदल गठन। (३) अध्यक्षद्वयबीच जारी छलफललाई निष्कर्षमा पुर्‍याएर वैचारिक र सांगठानिक कार्यदल बनाउने । निर्णय गरेको छ ।

बैठक एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमामा बसेको थियो ।  बैठकमा एकता संयोजन समिति र कार्यदलका नेताहरु सहभागि थिए ।

यसअघि शनिबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक्ला एक्लै वार्ता भएको थियो ।

ओली–दाहाल भेटमा कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठन सम्बन्धी रिपोर्ट र पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तथा पार्टी एकताको साझा दस्तावेज लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्