एसईई परीक्षा सर्न सक्ने, आयो यस्तो सुचना

काठमाडौं , चैत २ । यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ । आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चैत ६ गतेबाट सुरु हुने यस वर्षको एसईई परीक्षा सर्नसक्ने संकेत गरेका हुन् ।

‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउनेरनबनाउने कुरा टुंगो लाग्छ,’ उनले भने । तर अहिलेकै अवस्था रहेमा परीक्षा स्थगित नहुने उनले स्पस्ट पारे । मन्त्री ढकालले अहिले १ सय ७० वटा आइसियू सञ्चालनमा रहेकोमा काठमाडौंभित्र १ सय २० र बाहिर १ सय १५ वटा आइसियू विस्तार गर्न सरकार जुटेको जनाए ।

प्रतिक्रिया दिनुहोस्