इटलीमा कोरोना संक्रमितको संख्या २१ हजार बढी, १४ सय ४१ को मृत्यु

काठमाडौं, चैत २ । चीनपछि कोरोना भाइरसले सबैभन्दा बढी ग्रस्त मुलुक इटलीमा कोरोना संक्रमितको संख्या २१ हजारभन्दा बढी पुगेको छ।

आइतबारसम्म इटलीमा कोरोना संक्रमितको संख्या २१ हजार १५७ पुगेको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन्। यस्तै त्यहाँ मृत्यु हुनेको संख्या १४ सय ४१ पुगेको छ।

कोरोना भाइरसको उद्गमस्थल चीनमा हालसम्म ८० हजार ८४९ जना संक्रमित छन्। त्यहाँ ३१ सय ९९ को मृत्यु भइसकेको छ।

हाल विश्वभर १ लाख ५६ हजार ९१० जना कोरोनाबाट संक्रमित छन्। ५ हजार ८३९ को मृत्यु भइसक्दा ७५ हजार ९३७ उपचारपछि स्वस्थ बनेका छन्।

यीमध्ये चीनका ६६ हजार ९१३ उपचारपछि स्वस्थ बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्