घरेलु मदिरा बेच्ने सात जना पक्राउ, हेर्नुहोस् को -को परे प्रहरी फन्दामा
काठमाडौं, चैत १ । घरेलु मदिरा सेवनका कारण आठ जनाको मृत्यु भएपछि प्रहरीले घरेलु मदिरा बेच्नेलाई गरेको छ।
प्रहरीले विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेर अनुसन्धान थालेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नं. ३ सखरी टोलका ४७ वर्षीय जगत नारायण मण्डल, धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नं. ६ बगेवाका २४ वर्षीय नविन यादव, ५० वर्षीय घुरन यादव, क्षिरेश्वरनाथ नगरपालिका वडा नं. २ रमदैयाका ४५ वर्षीय तारापट्टी बाली भनिने छठिया देवी मण्डल, ४८ वर्षीय रामनन्दन साह, ४१ वर्षीय जय कुमार यादव र जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ रजौलका ३५ वर्षीय सितल देवी यादव रहेका छन्।
तीन दिनमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा घरेलु मदिरा सेवनको कारण आठ जनाको मृत्यु भएको छ भने अन्य उपचाररत छन्।
प्रतिक्रिया दिनुहोस्