प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता, यस्तो भयो कुराकानी
काठमाडौं , चैत १ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आज भेट गरेका छन् । अध्यक्ष दाहाल बालुवाटार पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
भेटमा दाहालले मृगौला प्रत्यारोपण सफल भएकोमा बधाइ दिदै स्वास्थ्य लाभको कामना गरेका छन् । भेटमा समसायिक राजनीतिक परिस्थितीवारे पनि छलफल भएको बताइएको छ ।
फागुन २१ गते मृगौला प्रत्यारोपण गरेका ओली शुक्रबारमात्रै अस्पतालवाट डिस्चार्ज भएका थिए । उनी बालुवाटारमा चिकित्सकको निगरानीमा आराम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्