साहित्यकार डीपी भण्डारीको निधन

काठमाडौं, चैत १ । साहित्यकार प्राडा डीपी भण्डारीको निधन भएको छ। ८४ बर्षको उमेरमा भण्डारीको शनिबार मृत्यु भएको हो।

अल्जाइमर पीडित भण्डारीको उपचार धुम्बाराहीस्थित हेम्स अस्पतालमा भइरहेको थियो। उपचारकै क्रममा भण्डारीको निधन भएको हो।

भण्डारीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। साहित्यकार भण्डारीका मृगस्थली (२०५७), नीरो बाँसुरी बजाइरहेछ (२०६०), रोटी र फूल (२०६३) र त्यो धरती, त्यो आकाश (२०६८) निवन्ध संग्रह प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस्